एनभिए महिला तथा पुरुष भलिबलमा सुखद् शुरुवात | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

एनभिए महिला तथा पुरुष भलिबलमा सुखद् शुरुवात

काठमाडौं,४ चैत्र । त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सुखद् शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि शुरु भएको च्याम्पिनसिपमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सुखद् शुरुवात गरेको हो ।

गण्डकीले पहिलो‌ सेटमा विभागीय प्रतिद्वन्द्वीलाई चुनौती दियो । तर त्यसपछि भने कमजोर प्रदर्शन ग¥यो । आर्मीले पहिलो सेट २९–२७ ले संघर्षपूर्ण रूपमा आफ्नो पक्षमा पारेको थियो । त्यसपछि भने आर्मीले २५–१९ र २५– १७ ले आफ्नो बनाउँदैे सुखद नतिजा निकाल्यो । अर्को विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पुलिसले कर्णाली प्रदेशलाई‌ ३–० को‌ सोझो सेटमा हरायो । पुलिसले खेल २५–९, २५–१३, २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुरुषमा नै कोशी प्रदेशले ढोरपाटन भलिबल क्लवलाई ३–१ को सेटमा हरायो । यस क्रममा कोशीले उत्कृष्ट पुनरागमन ग¥यो । पहिलो सेट कोशीले २५–२३ ले गुमाएको थियो । त्यस पछिका तीन सेट भने कोशीले क्रमशः २५–२०, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्दै सुखद् शुरुवात ग¥यो । च्याम्पियनसिपमा पुरुषतर्पm १३ टोलीले प्रतिष्पर्धा गरेका छन् । यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन् । एभरेष्ट भलिबल क्लबले जित निकाल्यो । एभरेष्टले कर्णाली प्रदेशलाई ३–० को‌ सोझो सेटमा हरायो । एभरेस्टले कर्णालीलाई २५–१२, २५–७ र २५–११ ले सहजै हरायो । महिलामा कुल सात टोलीले प्रतिष्पर्धा गरिरहेका छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);