सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छः सांसद किराँती

काठमाडौं,२ चैत्र । नेकपा(माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सवारी दुर्घटना न्युनिकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्युनिकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सवारी दुर्घटना न्युनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताउनु भयो । उहाँले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्युनिकरणका लागि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पु¥याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’

उहाँले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्युनिकरणका लागि ध्यान पु¥याउन नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);