देउवा सरकारले गरेका पछिल्ला निर्णय नयाँ सरकारले उल्टाउने प्रचण्डको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवा सरकारले गरेका पछिल्ला निर्णय नयाँ सरकारले उल्टाउने प्रचण्डको चेतावनी

फागुन दोश्रो साता मात्र नयाँ सरकार –

चितवन, १३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले पनि काम चलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले उल्टाउने चेतावनी दिएका छन् ।

काम चलाउ सरकारले दीर्घकालिन असर पार्ने निर्णय गरेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ बन्ने सरकारले त्यस्ता निर्णयलाई उल्टाउने चेतावनी दिएका हुन् ।

चितवनमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनमत गुमाएको सरकारले सस्तो लोकप्रियताको लागि पछिल्ला निर्णय गरेको आरोप लगाउँदै अब कुनै पनि दिर्घकालिन महत्वका निर्णय नगर्न आग्रह गरे ।

सरकारको निर्णयले कांग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न उठाएको उनको भनाई छ । अध्यक्ष दाहालले फागुन दोश्रो साता मात्र नयाँ सरकार बन्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);