जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने

फागुन २९ जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताउनु भयो ।

बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

यसअघिको नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ । काँग्रेसले सरकाललाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको छ । ०००

Leave a Reply