फागुन २९ जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताउनु भयो ।
बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
यसअघिको नेपाली काँग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइसकेको छ । काँग्रेसले सरकाललाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको छ । ०००