१५ किलो गाँजा बोकेर हिडेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

१५ किलो गाँजा बोकेर हिडेपछि…

gaja vang

रौतहट,२९ फागुन । करिब १५ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिका–१ नुनथरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ४ सय ग्राम, नगद ४० हजार रूपैयाँ र मोबाइल १ थानसहित चन्द्रपुर नगरपालिका–१ बस्ने ३७ वर्षीय साने भन्ने सन्त तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सिन्धुलीबाट पौराईतर्फ जाँदै गरेका तामाङलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);