नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति

काठमाडौं,२९ फागुन । नेपालले बंगलादेशलाई बेच्ने बिजुलीको मूल्यमा सहमति भएको छ । बंगलादेशलाई बेच्ने बिजुलीको मूल्य प्रति युनिट ८ देखि ९ रुपैयाँको बीचमा टुंगिएको ऊर्जा मन्त्रालयले जनाएको छ । यद्यपी दुई देशका अधिकारीबीच औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी छ ।

सिंगापुरको एक कार्यक्रममा दुवै मुलुकका पदाधिकारीहरुबीच भएको छलफलमा नेपालले बेच्ने बिजुलीको मूल्य टुंगिएको हो । दुवै देशका उच्च सरकारी तहबाट सहमती प्राप्त भएपछि विद्युत् बिक्रीसम्बन्धी हस्ताक्षर हुने बताइएको छ ।

नेपालले
भारतलाई बेचेकोभन्दा कम मूल्यमा बंगलादेशलाई नदिने अडान नछाडेपछि प्रस्ताव गरिएको मूल्यमै सहमति भएको मन्त्रालयले जनाएको छ । प्राधिकरणले बिजुली बिक्री बापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । यो दर जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि प्रस्ताव गरेको हो । नेपाल विद्युत् प्राधिकरणले भारतीय प्रसारण लाइन प्रयोग गरेवापतको भाडा शुल्क ’ह्विलिङ चार्ज’ बंगलादेशले नै तिर्ने जनाएको छ ।

एनटीपीसी विद्युत् व्यापार निगम एनभीएनएनलाई तिर्ने शुल्क र करिब ३ प्रतिशतको चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । विद्युत् बिक्री सम्झौता पाँच वर्षको लागि गर्न लागिएको हो । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको
बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);