राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदै, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं,२९ फागुन । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् ।

एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्। यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुनुहुनछ । २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका दाहालको कार्यकाल ४ बर्ष बाँकी छ ।

कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु भएको हो । उहाँँले ०४५ सालमा पार्टीको बाँके सभापति भएर काम गरिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);