थुनुवालाई समात्न खोज्दा भिरबाट खसेर प्रहरी जवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

थुनुवालाई समात्न खोज्दा भिरबाट खसेर प्रहरी जवानको मृत्यु

काठमाडौं,२९ फागुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भगेका थुनुवालार्इ समात्न खोज्दा भिरबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको पछाडी पट्टि रहेको भिरमा हामफालेर भागेका थुनुवा उमेश सिंह कुँवरलाई समाउन गएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षिय प्रहरी जवान सोहन चौधरी सोहि भिरबाट लडेर घम्भिर घाइते भएका र जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय को थुनुवा कक्षबाट मुद्दा फाँटमा सोधपुछका लागि लैजाने क्रममा थुनुवा उमेश सिंह कुँवर हत्कडी सहित जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भिरमा हाम फाली भागेर महाकाली नदि तर्दै भारत तर्फ पुगेको र भारत तर्फ रहेका गोर्खा रेजिमेन्टका जवानहरुले नियन्त्रणमा लिइ नेपाल प्रहरीलार्इ बुझाएको छ।

थुनुवा कुँवरलाई श्रीमती बन्धक बनाइ कुटेको आरोपमा पक्राउ गर्न जादा माघ ७ गते प्रहरी हवलदार जय बहादुर खड्का र प्रहरी जवान डम्मर सिंह ठगुन्ना माथी छुरा प्रहार गरि फरार रहेका र यहि फागुन २० गाते महाकाली– ४ पुल घाटबाट पक्राउ गरिएको थियो।

Leave a Reply