राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहालले भने–म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन् | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहालले भने–म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन्

काठमाडौं,२७ फागुन । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभर भन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताउनुभएको हो । उहाँले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पु¥याउन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताउनुभयो । दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कतिपय अपूरा कामहरु छन्, त्यसलाई पूरा गर्ने कुरा । विशेषगरी अहिले तत्काललाई केही विधेयकहरु पास गर्नु छ । कानूनहरु बनाउनु छ । त्यस विषयमा गम्भिरताका साथ छलफल पनि भइराखेकै छ । पहिले त्यता ध्यान दिनेकुरा भइहाल्छ । राष्ट्रिय सभाप्रति अहिले बुझाइ जुन ढंगको छ नि, संविधानमा लेखेको विषय र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुनखालको अन्तरजस्तो देखिएको छ, त्यसकारण राष्ट्रिय सभालाई संविधानत्ः जे उल्लेख गरिएको छ । जुन मान्यताका साथ राख्न कोशिस गरिएको छ, त्यो स्तरमा राष्ट्रिय सभामा पु¥याउनुपर्छ भन्ने मलाई लागिराखेको छ । तस्रो कुरा, समृद्ध नेपाल निर्माणको कुरा आइराखेको छ । त्यसको निम्ति चाहिने राजनीतिक सवाल हुनसक्छन् । त्यसमा सबै राजनीतिक दलहरुसँग मिलेरै एकतावद्ध भएर, राजनीतिक दललाई साथमा लिएर जाने कुरा हुन्छ । म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो । म कुनै पार्टीबाट आएको होइन, कानूनी रुपमा त्यो छ । यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसेँ । पार्टीको बिचमा म बसेको छैन नि । त्यसकारण मलाई अभ्यास भइराखेको छ । पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित हुँदा । पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरु, हाम्रा काम कारबाहीहरु र हाम्रा व्यवहारहरु हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ । कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रुपमा तयार छु । त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’

दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीको प्रश्ताव र एमाले सांसद देवेन्द्र दाहाल, नेकपा(एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);