काँग्रेसको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काँग्रेसको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मा

काठमाडौं,२८ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आईतवार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी सांसदीय दल कार्य समितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभाको अध्यक्ष पदमा लागि युवराज शर्मालाई प्रश्ताव गर्ने निर्णय गरिएको पार्टी संसदीय दलकी सचेतक सुशीला थिङले जानकारी दिनुभयो । पार्टीको तर्फबाट प्रस्तावित अध्यक्ष पदका उम्मेदवार शर्माको पक्षमा मतदान गराउनका लागि अन्य प्रतिपक्ष दलहरुसँग पनि छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सचेतक थिङले भन्नुभयो, ‘हामीले राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार युवराज शर्मालाई प्रस्ताव गर्ने निर्णय गरेका छौं । उम्मेदवारीसँगै हामीले प्रतिपक्षमा बसेका अन्य पार्टीसँग पनि कोअर्डिनेशन, सरसल्लाह गरेर जाने भन्ने निर्णय भएको छ ।’

यस अघि काँग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई सो सभाको अध्यक्ष बनाउने योजनासहित राष्ट्रियसभा सदस्य बनाएको थियो । तर माओवादी केन्द्रले सो पद आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेपछि सत्तारुढ गठबन्धन टुटेको थियो । राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गत मंगलवार हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);