राजनीति

माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार

काठमाडौं,२८ फागुन । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उमेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ । आईतवार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवारका रुपमा नारायण दाहाल उम्मेदवार बन्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव चक्रपाणि खनालले पदाधिकारी बैठकले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार बैठकमा झक्कु सुवेदी, उर्मिला अर्याल लगायतको नाम पनि चर्चा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको अध्यक्षको सन्दर्भमा व्यापक रुपले छलफल भयो । पदाधिकारी बैठकको निर्णय भनेको नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय भयो । झक्कु सुवेदी, उर्मिला अर्याल लगायतका साथीहरुको नाम पनि चर्चामा थियो । केही साथीहरुको कुरा ६ वर्षलाई आधार बनाएर निर्णय गरौँ भन्ने थियो । ३० गते विश्वासको मत लिने भन्नेकुरा भयो ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने पनि बताउनु भयो ।

Related Post
Share

This website uses cookies.