उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताउनु भएको छ ।
आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले आफुलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ भन्दै भीआईपी संस्कार अन्त्य हुनुपर्ने बताउनु भएको हो ।
प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गनर््ु भएको छ ।
वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै उहाँले सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्ने बताउनुभएको हो ।
०००