काठमाडौं, २७ फागुन । मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई अनुदान दिने उद्घोष गरेकी छिन् । हाल अमेरिकमा बसोबास गर्दै आएकी गुप्ताले आफ्नो कम्पनी इग्नाइटको कमाइबाट २० प्रतिशत रकम माइती नेपाललाई दिने उद्घोष गरेकी हुन् । साथै,यस कार्यका लागि अनुराधा कोइरालासँग छलफल भएको बताईन् ।
उनले मानव बेचविखन र घरेलु हिंसाविरुद्धको कार्य गर्नका लागि उक्त सहयोग गर्न लागेको बताईन् । साथै,उनले शिक्षाको महत्व र आर्थिक निर्भरताको महत्व र आफ्नो संघर्षबारे जानकारी गराउन पनि कार्यक्रम आयोजना गरेको बताईन् । उनी मिसेस एसिया–२०२१ को विजेतासमेत हुन् । भारतमा जन्मिएकी मिनु गुप्ताले नेपालमा विवाह गरेकी थिईन् । उनले लामो समयदेखि अमेरिका बस्दै आएकी छन् ।
साथै, उनले आफ्नो पहिलो गोल अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको नाम राख्नु रहेको बताईन् । उनले आफू नेपाली कल्चर र हेरिटेजलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउन लागि परेको बताईन् ।