रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन नेपालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन नेपालको आग्रह

काठमाडौं,२५ फागुन । रुसी सेनामा गैरकानूनी रुपमा नेपालीहरुलाई भर्ती गरेको सम्बन्धमा औपचारिकरुपमा नेपाल सरकार र रुस सरकारबीच दोस्रो पटक उच्च तहमा संवाद भएको छ । नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसको तर्फबाट विदेशमन्त्री सर्जेई लाभ्रोभबीच टेलिफोन संवाद भएको हो ।

कुराकानीका क्रममा रुसी सेनामा गैरकानूनी रुपमा भर्ती भएका नेपालीहरुलाई फिर्ता ल्याउन, युक्रेनसँगको युद्धको क्रममा मारिएकाको शव ल्याउन, घाइतेहरुलाई उद्धार गर्न, मृत्यु भएका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति दिनुपर्ने लगायत विषयमा छलफल भएको बताइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनसँगको युद्धमा मारिएका नेपालीहरुको शव नेपाल पठाउन र क्षतिपुर्ति दिनको लागि आग्रह गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीहरुको संख्याको बारे सोध्दा रुसी विदेशमन्त्री लाभ्रोभले मृत्यु हुने नेपालीहरुको परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धमा जवाफ दिएको बताइएको छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनसँग लड्दा हालसम्म कम्तिमा १२ नेपालीको मृत्यु भइसकेको छ भने ५ जना युक्रेनी सेनाको कब्जामा छन् । यस अघि युगान्डाको राजधानी कम्पालामा माघको पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा तत्कालिन परराष्ट्रमन्त्री एनपी साउद र रुसी उपविदेशमन्त्रीबीच भेटवार्ता भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);