३० जना प्रहरी कर्मचारीहरूलाई उन्नत तालिम | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८१, शुक्रबार

३० जना प्रहरी कर्मचारीहरूलाई उन्नत तालिम

काठमाडौं,२४ फागुन । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत ९यान्त्रिक ज्ञान० तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम १६औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।

तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई। कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी उपरीक्षक कर्णले दक्ष सवारी चालकहरूको कमिलाई परिपूर्ति गर्नुका साथै तालिमा प्राप्त गरेका ज्ञान, सीप तथा कौशललाई आ(आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १६ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १४ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);