काठमाडौं,२१ फागुन । पुरानो गठबन्धन भत्किएसँगै नयाँ सत्ता समिकरणमा नेकपा एमाले पनि सरकारमा सहभागी हुने भएको छ । एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।
एमालेको बालकोटमा बसेको सचिवायलको बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । गिरी यसअघि स्वास्थ्य मन्त्री भएका थिए ।
सरकारमा अब रास्वपा र राप्रपा पनि सहभागी हुने भएको छ । रास्वपाबाट सभापति रवि लामिछाने नै मन्त्रि बन्ने लगभग पक्का भएको छ ।
आजै सानो आकारको मन्त्रिमण्डल विस्तार हुनेछ । जसपाले भने कसलाई पठाउने भन्ने बारे निर्णय गर्दैछ ।




