स्पञ्ज आइरन प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन सांसदहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

स्पञ्ज आइरन प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन सांसदहरुको आग्रह

काठमाडौं,२१ फागुन । स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन उद्योगी व्यवसायीहरुलाई सांसदहरुले आग्रह गरेका छन् । आईतवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँहरुले पछिल्लो समय स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय नभएको भन्ने गुनोसा आएको भन्दै यस्तो आग्रह गरेका हुन् । सांसदहरुले फलामे छड उत्पादन गर्ने ठूला उद्योगहरुमा नेपाली कामदार भन्दा पनि विदेशी कामदार राख्नुको कारण खुलाउनुपर्ने बताए ।

उनीहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलाम उद्योगहरुले गुणस्तरहिन कच्चा पदार्थको प्रयोग गरेको गुनासो आएको भन्दै उद्योगीहरुलाई प्रश्न गरेका छन् । सांसदहरुले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको बताए । सांसद रेखा यादवले नेपालीहरुको ज्यान जान्छ भनेर विदेशबाट उद्योगमा कामदार राख्ने उचित नभएको बताउनु भयो । उहाँले मानवअधिकारले त्यसलाई मान्यता नदिएको बताउनु भयो । उहाँले उद्योगहरुमा काम गर्ने कामदारको सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले स्पञ्ज आइरन र बिलेट्सबीच ५ देखि ६ रुपैयाँको मूल्यमा अन्तर रहेको भन्दै के कारणले फरक रहेको उल्लेख गर्न आग्रह गर्नुभयो ।

सांसद मनबहादुर गुरुङले सरकारले लाइसेन्स दिएर उद्योग दर्ता गर्न दिने तर उद्योगमा उत्पादन भएको छड प्रयोग गर्नुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले उद्योगले उत्पादन गर्दा सामग्री गुणस्तरिय उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन गुणस्तर भए/नभएको विषयमा सरकारले अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कुन देशबाट मेसिन ल्याउँदा छड गुणस्तरीय हुन सकेन त्यो पनि व्यवसायीहरुले स्पष्ट जानकारी दिनुपर्ने बताउन भयो ।

समिति बैठकमा सांसद नेपाली उद्योगहरुमा नेपाली कामदार राख्दा युनियन खोल्ने र व्यवसायीहरुलाई दुःख दिने गरेकाले उद्योगहरुले विदेशी कामदार राख्न बाध्य भएको बताउनु भयो । उहाँले विदेशी कामदार राख्दा युनियन नखोली २४ घण्टा काम गर्ने भनेर नेपाली भन्दा पनि विदेशी कामदार राख्ने दाबी गर्नुभयो । उहाँले यो विषयमा उद्योगहरुले पुनःविचार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले उद्योगहरुले उद्योगमा काम गर्ने कर्मचारीको सुरक्षाको ग्यारेन्टीको साथै उत्पादन भएको वस्तु गुणस्तरीय बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रभावित क्षेत्रका स्थानीयहरुलाई उद्योगहरुले रोजगार दिन सक्नुपर्ने बताउनु भयो ।

समिति बैठकमा बोल्दै उद्योगी विष्णुकुमार न्यौपानेले स्पञ्ज आइरन प्रयोग गरेर उत्पादन भएका छड गुणस्तरहिन नभएको बताउनु भयो । उहाँले स्पन्ज आइरन प्रयोग भएर उत्पादन भएका छड गुणस्तरहिन छन् भन्नु गलत भएको दाबी गर्नुभयो । उहाँले बिलेट्स प्रयोग गरेर उत्पादन गरेको छड भन्दा उच्च गुणस्तर भएको पनि बताउनु भयो ।

समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ । स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति बनाएर अवलोकन गर्ने भएको हो । फलामे छडको कच्चापदार्थका रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);