काठमाडौं,२० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई शीर्ष नेताबीच भेटवार्ता भएको स्रोतले जनाएको छ ।
पछिल्लो समय सत्तागठबन्धन प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादीबीच असमझदारी बढ्दै जादाँ प्रचण्ड–ओलीबीचको भेटघाट बढेको हो ।
आजको भेट महत्वपुर्ण रहेको बुझिएको छ ।
संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आजै छलफल गरेका छन् । प्रचण्डले देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।