काठमाडौं,२० फागुन । त्रिकोणात्मक टि २० क्रिकेट श्रृंखलाको फाइनलका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल शुरु हुनेछ ।
आजको खेल जित्ने टोली फाइनलमा नेपालसँग प्रतिष्पर्धा गर्नेछ । नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ ।
नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।