इलाम–१,२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक सुरु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

इलाम–१,२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक सुरु

nirbachan ayog new

काठमाडौं,१६ फागुन । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक सुरु भएको छ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक सुरु भएको हो ।

निर्वाचन आयोगले चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ । आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दलदर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिने । चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);