संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने पनि बताउनु भयो । उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकि कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको व्यहोरा पनि जानकारी गराउन चाहन्छु । समितिमा माननीय सदस्यहरुले व्यक्त गरेका जिज्ञासाहरुमा पनि सरकारको धारणा तपाईहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपले लिने नै छ । संघीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा रहेको छ । यस सन्दर्भमा विगत ४ वर्षदेखि नसकेको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन बमोजिम गठन गरिएको प्रदेश समन्वय परिषद्को बैठक यसै पटक दुई पटक बसी संघीयताको कार्यान्वयनको सम्बन्धमा भएको विभिन्न निर्णयहरु कार्यान्वयन भईरहेका छन् ।’

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);