आज मगर एकता दिवस ८ पालिकाले दिए बिदा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

आज मगर एकता दिवस ८ पालिकाले दिए बिदा

काठमाडौं,१५ फागुन । आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिदै छ । विभिन्न कारणले लोपोन्मुख मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको सङ्ख्या कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत २० लाख १३ हजार चार सय ९८ छ । नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले सङ्घको ४२औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन्। मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर सङ्घ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);