एजेन्सी, १५ फागुन । इजिप्टको राजधानी कायरो नजिकै नाइल नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । चारजना घाइतेको अस्पतालमा उपचार जारी रहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कम्तिमा १० जना कामदार बोकेको डुंगा गीजा गभर्नरेटको निकलाह गाउँ नजिकै डुबेको थियो । बेपत्ताहरुको खोजी कार्य सम्पन्न नभएसम्म १० वटा एम्बुलेन्स दुर्घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ ।