रुसी र युक्रेनी पर्यटकलाई दुई साताभित्र देश छाड्न श्रीलंकाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

रुसी र युक्रेनी पर्यटकलाई दुई साताभित्र देश छाड्न श्रीलंकाको निर्देशन

एजेन्सी,१४ फागुन । श्रीलंकाले रुस र युक्रेनका हजारौं पर्यटकलाई दुई साताभित्र टापु देश छाड्न भनेको छ । सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि करिब तीन लाख रुसी र २० हजार युक्रेनीहरू श्रीलंका पुगेका छन् । रुसी र युक्रेनी पर्यटकलाई दुई देशबीचको युद्धको कारण विस्तारित भिसामा बस्न अनुमति दिइएको थियो।

हाल विस्तारित भिसामा टापु देशमा बस्ने पर्यटकहरूको संख्या उपलब्ध छैन् । अध्यागमन नियन्त्रकले रुसी र युक्रेनी पर्यटकले फेब्रुअरी २३ देखि दुई साताभित्र देश छाड्नु पर्ने भन्दै पर्यटन मन्त्रालयलाई सूचना जारी गरेको अधिकारीहरूले बताएका छन् । उनको भिसाको म्याद सकिएको छ ।

अर्कोतर्फ राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयले सूचना जारी गर्दै छानबिन गर्न आदेश दिएको छ । मन्त्रिपरिषद्ले अघिल्लो समयावधि खारेज गर्ने निर्णय नगरी उनीहरुलाई देश छाड्न आदेश कसरी भयो भन्ने विषयमा छानबिन गर्न आदेशमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);