प्रि–बजेट छलफलका लागि आज प्रतिनिधिसभामा प्रस्ताव पेस हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रि–बजेट छलफलका लागि आज प्रतिनिधिसभामा प्रस्ताव पेस हुने

काठमाडौं,१४ फागुन । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि–बजेट छलफलका लागि सोमबार प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । आइतबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि–बजेट छलफलको कार्यतालिका पारित गरेको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रि–बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नुहुने छ । प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार आज प्रस्तुत हुने प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् ।

प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गते समय निर्धारण गरिएको छ । यसबीचमा केही विधेयकहरूलाई विधायिकी प्रक्रियामा अगाडि बढाउने कार्यसूची पनि तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);