मिटरब्याज पीडितको सडक आन्दोलन कहिलेसम्म ! | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

मिटरब्याज पीडितको सडक आन्दोलन कहिलेसम्म !

काठमाडौं,१४ फागुन । सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । आईतवार काठमाडौंमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।

उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए । उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे । रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाउनु भयो । उहाँले घर फर्कदा साँहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताउनु भयो । रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताउनु भयो । उहाँले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताउनु भयो । उहाँले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताउनु भयो । उहाँले पीडितहरु न्याय नपाए मर्न पनि तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ एक लाख लिएको मिटरब्याजीले चार गुणा बनायो । एक लाख लिएको तमशुकमा ४ लाख बनायो । ४ लाख बराबरको अदालतमा मुद्दा हालेको छ । घरजग्गा सबै अदालतले रोक्का गरेको छ । साहुको ऋण्ढा तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो । लघुवित्तको एक लाख तिरेको छु । तर सबै बाँकी छ भनिरहेको छ । लघुवित्त र साहु माहजनको ऋण बढी रहेको छ । समस्या समाधानको सरकारसँग माग गरिरहेका छौं । समाधान हुने विश्वास छ । सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरु मर्न पनि तयार छ ।’

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदिँदा समस्यामा परेको बताउनु भयो । उहाँले सम्पती बेचेर ऋण तिर्न समेत नपाएको बताउनु भयो । उहाँले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताउनु भयो । उहाँले सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताउनु भयो । उहाँले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताउनु भयो । उहाँले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिनु भयो ।

उहाँले भन्नुभयो,‘१ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदियो । बेच्न पनि पाउँदैन । अवस्था गम्भिर भयो । आन्दोलनमा समेत आउँदा मकावानपुरमा आउँदा कुटपिट समेत गर्ने काम भयो । म त्यो पनि पीडित हो । भरतपुर अस्पतालमा भर्ना भएर पीडित भएर आएको हो । सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्छौं । घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ । न्याय नपाएसम्म आन्दोलन रोकिँदैन ।’

त्यस्तै,महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताउनु भयो । उहाँले बैंकबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताउनु भयो । उहाँले घरजग्गा बैंकका भएकाले ऋण तिर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले ऋण तिर्न श्रीमान पनि विगत लामो समयदेखि थलामा रहेको बताउनु भयो । उहाँले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लघुवित्तबाट ऋण लिएको थिए । बैंकमा धितो छ । बैंकले घरखाली गर नभएर चाबी लगाइदिन्छु । नभए पैसा तिर । ऋण लिएरको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो । तीन वर्षमा ८ लाख भयो । तिर्नेकी घरमा चाँबी लगायौं । घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्नसकेका छौ ।’ उहाँले पनि सरकारले न्याय दिने आशाले काठमाडौं आएको भन्दै न्याया नपाएसम्म गाउँ नर्फने बताउनु भयो । उहाँले माग पूरा नभएसम्म सरकारले गोली हाने पनि आन्दोलन जारी राख्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);