‘सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकलाई फरार सूचिमा राखेर सरकार रमिता हेर्दैछ’ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

‘सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकलाई फरार सूचिमा राखेर सरकार रमिता हेर्दैछ’

काठमाडौं,१३ फागुन । नेकपा एमालेकी सांसद विद्या भट्टराईले पोखरा महानगरपालिका भित्र रहेका ३६७ वटा सहकारीमध्ये १६ सहकारी संस्थामा वचतकर्ताको वचत जोखिममा परेको बताउनु भयो । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शुन्य सयममा बोल्दै उहाँले सहकारी सुधार कार्यदलले भदौ २५ मा प्रतिवेदन बुझाउँदै सहकारी संस्था सञ्चालनमा विचलन आएको भनिए पनि उक्त सुझावलाई सरकारले बेवास्था गरेको बताउनु भयो ।

उहाँले पोखराका भुइँ मान्छेहरुको वचत हिनामिना गरी फरार रहेका सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकहरुलाई फरार सूचिमा राखि सरकार रमिता हेरिरहेको आरोप लगाउनु भयो । उहाँले रकम हिनामिना गर्ने फरार अभियुक्तलाई पक्राउ नगरेका कारण नागरिकहरु आत्माहत्या गर्ने ठाउँमा पुगेको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई कारबाही गर्न कस्ले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोखरा महानगरपालिकाभित्र रहेका ३६७ वटा सहकारी ध्ये १६ सहकारी संस्थामा वचतकर्ताको वचत जोखिममा पर्ने देखिएको छ । यस्तो अवस्थामा पनि सरकार गम्भिर हुन सकेन । सहकारी सुधार कार्यदलले भदौ २५ मा प्रतिवेदन बुझाउँदै सहकारी संस्था सञ्चालनमा विचलन आएको छ भन्ने उल्लेख गरेको छ । उक्त सुझावलाई सरकारले बेवास्था गरेको छ । पोखराका भुइँमान्छेहरुको वचत हिनामिना गरी फरहार रहेका सूर्यदर्शन सहकारीका मुख्य सञ्चालकहरुलाई फरार सूचिमा राखि सरकार रमिता हेरिरहेको छ । रकम हिनामिना गर्ने फरार अभियुक्तलाई पक्राउ नगरेका कारण नागरिकहरु आत्माहत्या गर्ने ठाउँमा पुगेका छन् । सरकारलाई कारबाही गर्न कस्ले रोक्यो प्रश्न गर्न चाहन्छु । यसबारेमा संसदमा जानकारी गराउँदै तत्काल वचतकर्ताको रकम फिर्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);