अब गोरखापत्रले४१ वटा राष्ट्र भाषाका सामग्री प्रकाशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

अब गोरखापत्रले४१ वटा राष्ट्र भाषाका सामग्री प्रकाशन गर्ने

काठमाडौं,१३ फागुन । गोरखापत्र अनलाइनले ४१ वटा राष्ट्रभाषाका सामग्रीहरु प्रकाशन तथा प्रशरण गर्ने भएको छ । शनिवार काठमाडौंमा गोरखापत्र संस्थानले मनाएको दोस्रो गोरखापत्र डिजिटल डेको अवसरमा यसबारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले प्रविधिको विकाससँगै समयानकुल बनेर पत्रपत्रिकाहरु पनि परिवर्तन गर्नुपर्ने चुनौति पूरा गर्नका लागि गोरखापत्र डिजिटल युगमा प्रवेश गर्ने अभियान शुरु गरेको बताउनु भयो । उहाँले गोरखापत्रलाई स्मार्ट गोरखापत्रमा परिणत गर्दै लगिएको पनि दाबी गर्नुभयो । उहाँले गोरखापत्रलाई प्रविधिसँगै समयानकुल बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै गोरखापत्र अनलाइनका संयोजक नारद गौतमले अनलाइन प्रणालीमा रहेका सामग्रीहरुको संकलन अनलाइनमाध्यममै सुरक्षित राख्नेगरी संरचना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अनलाइनलाई डाटा राख्ने गरी प्रविधिमा रुपान्तरण गर्न लागेको बताउनु भयो । उहाँले गोरखापत्र अनलाइनलाई गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिकेटेड अनलाइनको रुपमा अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको मार्गचित्र हाम्रो सर्भरलाई डिस्ट्रिबिटेट आर्किटेक्चरमा लैजाँदैछौँ । संकलन गर्नेगरी अघि बढ्दैछौँ । हाम्रा डाटाहरु राख्ने गरी प्रविधिमा रुपान्तरण गर्दैछौँ । ४१ राष्ट्रभाषाको सामग्रीहरु प्रकाशन गर्न गइरहेका छौँ । गोरखापत्र अंग्रेजी, ४१ वटा राष्ट्रभाषा र नेपाली भाषाको एउटा एग्रिगेटेड अनलाइनको रुपमा अघि बढ्छ ।’

उहाँले आगामी दिनमा गोरखापत्र अनलाइन अझ सशक्त बनेर नागरिकका आवाज बुलन्द गर्नेतर्फ अग्रसर हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);