काठमाडौं,१० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङङदेनले चलचित्र गोरखा वारियर योद्धाहरुको कथा समेटेर निर्माण गरिएको चलचित्र भएको बताउनुभएको छ । बुधवार काठमाडौंमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरुसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई चिनाउने महत्वपूर्ण कुरामध्ये गोरखा पनि एउटा रहेको बताउनु भयो ।
उहाँले विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिनुले नेपालीको पहिचान र बहादुरी विश्वमाझ झनै बलियोका साथ पुगेको बताउनु भयो । उहाँले चलचित्र यथार्थपरक र जीवन्त भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाललाई चिनाउने केही महत्वपूर्ण कुराहरु छन्,त्यसमध्ये सबैभन्दा विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिएको यो चलचित्र असाध्यै राम्रो, यथार्थपरक र जीवन्त छ । आम दर्शकलाई एकपटक हेरिदिन आग्रह गर्दछु ।’ अध्यक्ष लिङदेनले चलचित्र गोरखा वारियर नेपालीहरुले एकपटक हेर्नेपर्ने चलचित्र रहेको बताउनु भयो ।