काठमाडौं,१० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज पनि जारी छ । बैठक मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको थियो ।
बैठक आज केन्द्रिय कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिइ कार्यक्रम सक्ने तयारी छ ।
बैठकमा प्रश्तुत चार वटा कार्ययोजनामा बुधवार भएको समूहगत छलफलका निष्कर्ष सुनाइने बताइएको छ ।