काठमाडौं,९ फागुन । काठमाडौंमा एकै परिवारका श्रीमान,श्रीमती र एक छोरी र एउटी नातिनीको शव फेला परको छ ।
सीतापाइलामा बस्दै आएका सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी विक जंगलमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार नागार्जुन–६ बैराग टोलमा बस्दै आएकी काजीको ३८ वर्षीय श्रीमती ईश्वरी श्रेष्ठ,छोरी अनिशा र नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।
श्रीमती,छोरी र नातिनीको हत्या गरेपनि काजीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।