मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ ।
जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ कम्पनीको को स्थिर रह्यो ।
समग्र बजार परिसूचक नेप्से १ दशमलव ७६ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ ।
मंगलबार कुल ३ अर्ब ११ करोडको कारोबार भयो । अन्य समूह सबैभन्दा धेरै १ दशमलव १ प्रतिशत बढ्यो । हिमालयन रिइन्स्योरेन्सको मूल्य ४ दशमलव ७ प्रतिशत बढ्दा अन्य समूहलाई बढ्न टेवा पुग्यो । बैंकिङ ४, होटल तथा पर्यटन ९, हाइड्रोपावर ८, जीवन बीमा ४२, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ३ र ब्यापार समूह ९ अंकले घटे ।
अन्य १९, उत्पादन ४०, फाइनान्स १२ तथा विकास बैंक समूह १० अंकले बढे । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
पिपुल्स हाइड्रोपावरको ७ दशमलव ९ तथा हिमालयन रिइन्स्योरेन्सको ४ दशमलव ७ प्रतिशत मूल्य बढ्यो । ग्रीनलाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
किसान लघुवित्त वित्तीय संस्थाको ७ दशमलव७, खानीखोला लघुवित्तको ४ दशमलव ८, आशा लघुवित्तको ४ दशमलव ५ तथा सामलिङ पावरको मूल्य ४ दशमलव २ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, साना किसान विकास लघुवित्त, जोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र दोर्दीखोला जलविद्युत् कम्पनी क्रमशः अगाडि रहे । ०००