किन केपी ओलीको निर्णयले रुवायो ठाकुर गैरेलाई ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

किन केपी ओलीको निर्णयले रुवायो ठाकुर गैरेलाई ? (भिडियो सहित)

देशमा सबै निर्वाचन सम्पन्न भइसकेको छ । अब राष्ट्रिय सभाको मात्र निर्वाचन हुन बाँकी छ । मुलत राष्ट्रिय सभाको चुनाव सम्मको प्रक्रिया अघि बढी सके पछि अब चुनाव गर्नु पर्ने विषय कमै मात्र बाँकी छन् । अहिले यस्तो एउटा पात्र चर्चामा छन्, उनी हुन्  एमाले युवा नेता ठाकुर गैरे ।

जसको बारेमा धेरै सहानुभूतिहरु सामाजिक सञ्जाल र खबरहरमा आइरहेका छन् । ति व्यक्ति प्रति यति धेरै सहानुभूति राख्नु पर्ने कारण के परेछ त ? ठाकुर गैरे स्वयंले हिजो गणतन्त्रको आन्दोलनमा अग्रपंतिमा रहेर आन्दोलन गर्दा वा ठुलो स्वरमा गणतन्त्रकाे वकालत गर्दा र आज यो ठाउँमा आइपुग्दासम्म सधै उनी राजनीतिको किनारामा बस्नु पर्ने अवस्था किन बन्याे ?

मानिसहरुले ठाकुर गैरेलाई बिचरा किन भनिरहेको छन् ? गैरे यसपटक पनि संसद हुनबाट कसरी छुटे ? उनी एमाले भित्र कुन गुटमा छन् ? उनलाई नेत्तृत्वले किन पत्याउँदैन ? यसै सन्दर्भमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले नेकपा एमालेका केन्द्रिय सदस्य, ठाकुर गैरेसँग गरेको संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);