सभापति देउवाको सहमतिसँगै महामन्त्री थापाको सांगठनिक प्रस्ताव पेश | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

सभापति देउवाको सहमतिसँगै महामन्त्री थापाको सांगठनिक प्रस्ताव पेश

काठमाडौं,८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा मंगलबारदेखि बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुआतमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गर्नुभएको छ । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नुभएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएपछि महासमितिमा पेश गरिएको हो । सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्ताव केन्द्रित छलफलपछि सभापति देउवा सहमत हुनु भएको हो । महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ’०७९ को चुनावमा गठबन्धन गर्नु बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि आगामी चुनावहरू आफ्नै तागतमा एक्लै लड्ने छौं, र समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएको छ ।

उपसभापति खड्काको नीति प्रतिवेदनले गठबन्धनका सम्बन्धमा मौन रहेर देशमा विद्यमान विभिन्न चुनौतीहरू औँल्याएको छ । प्रतिवेदनमा संविधानको व्यवहारिक र प्रभावकारी कार्यान्वयन हुन नसक्नु, सार्वजनिक संघसंस्थाप्रतिको घट्दो विश्वास, लम्बिँदो संक्रमण, बढ्दो असमानता र नागरिकको निराशालगायतलाई कांग्रेसले अहिलेको चुनौतीका रुपमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);