प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णतः असफल भयो–ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

प्रधानमन्त्री आफैँ सप्रिन्छु भन्छन्, सरकार पूर्णतः असफल भयो–ओली

काठमाडौं,८ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षमा केही गर्न नसकेको तथा अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको जिकिर गर्दै ओलीले सरकार सम्पूर्ण रुपमा असफल भएको दाबी गर्नुभएको हो ।

मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले सरकारको एकमात्रै एजेण्डा एमालेको बिरोध गर्नु रहेको पनि दोहो¥याउनु भयो । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको बताउनु भयो । अध्यक्ष ओलीले सरकार असफल भएकै कारण जनतामा आक्रोश थपिँदै गएको तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कस्तो गठबन्धन छ–तपाई हामी सबैलाई थाहा छ । गठबन्धन राष्ट्रियताप्रति अत्यन्त कमजोर, सुशासनप्रति कमजोर यस्तो गठबन्धन छ । विकासप्रति चासो नै छैन । चालु भएका आयोजनाहरु बन्द भएका छन् । थप कुनै योजना, आयोजनाहरु छैनन् । यो गठबन्धन, अहिलेको गठबन्धनको उद्देश्य नेकपा (एमाले)को बिरोध हो । एमालेलाई अघि बढ्न नदिनु हो । एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्र हत्या गर्नु हो । झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताको नजरमा गिराउन सकिन्छ ? त्यो प्रयास गर्नु हो । त्यही काम यस गठबन्धनले गरिराखेको छ । यस गठबन्धनको एजेन्डामा एउटा मात्रै हो–एमालेको विरोध, एमालेका बिरोध । विकासको एजेण्डा छै,न, सुशासनको एजेण्डा छैन । भ्रष्टाचार रोक्ने एजेण्डा छैन । किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन । र, यो गठबन्धन नितान्त एमालेका बिरुद्ध केन्द्रित छ । हामीले यो कुरा बुझेका छौं । र यसका विरुद्ध हामी लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटोबाट लोकतान्त्रिक अभ्यासको बाटोबाट यस कुरालाई पराजित गर्नसक्छांै । तर अहिले यो गठबन्धन कायम छ । यो गठबन्धन भनिरहनु पर्दैन, पूर्ण रुपमा असफल भयो । मैले त एक वर्षको समिक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुने–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि । केही पनि गर्न सकिन भन्ने निष्कर्ष नै हो । अरु केही छैन । सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ । जनतामा असन्तुष्टि बढदो छ । असन्तुष्टिले आक्रोशको रुप लिइराखेको छ ।’

अध्यक्ष ओलीले सरकारको असफलताले देशमा गरिवी बढिरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);