काठमाडौं,८ फागुन । चितवनमा एक युवकको शव फेला परेको छ । खैरहनी–२ चैनपुरमा युवकको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय युवक कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको घर घटनास्थलबाट ५ सय किलो मिटर मात्रै छ । अहिले घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।