सेयर बजारबाट माघ महिनामा उठ्यो ९७ करोड २० लाख पुँजीगत लाभकर | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सेयर बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ ।

सीडीएस एण्ड क्लियरिङ कम्पनीको तथ्यांक अनुसार चालु आर्थिक वर्षका महिनाहरु मध्ये माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा धेरै हो ।

सेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविध सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । यस्तै १ वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा भने आएको नाफामा ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ ।

माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेर बेचेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो ।

यो भनेको नाफामा ५ प्रतिशत लागेको करको रकम हो । त्यस्तै छोटो अवधि अर्थात् १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री भएको सेयरबाट भएको नाफामा ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ ।

यो भनेको नाफाबाट साढे ७ प्रतिशत तिरिएको कर रकम हो । बाँकी ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);