श्रीमतीको छिनाएको टाउको बोकेर युवक सडकमा पुगेपछि... | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

श्रीमतीको छिनाएको टाउको बोकेर युवक सडकमा पुगेपछि…

death body

काठमाडौं,७ फागुन । पछिल्लो समय घरायसी विवादका धेरै अपराधिक घटना घट्न थालेका छन् । भारतमा आपसी विवादकै कारण श्रीमानले चक्कु प्रहार गरी श्रीमतीको टाउको काटेका छन् । पत्नीको टाउको हातमा बोकेर बेस्सरी चिच्चाए, कराए । त्यसपछि उनले टाउकोलाई सडक छेउको बेन्चमा राखे । रगतले लत्पतिएको चक्कु लिएर टाउकै नजिकै बसे ।

बुधवार पूर्वी मेदिनीपुर जिल्लाको पाटसपुरमा यो हृदयविदारक घटना बाहिर आएको हो । प्रहरीले हत्यारा श्रीमान् गौमत गुचैतलाई पक्राउ गरी सोधपुछका लागि अभिभावकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार पातशपुर थाना क्षेत्रको चिश्तीपुर गाउँपालिकाका गौतम गुचैतको परिवारमा केही दिनदेखि पारिवारिक कलह चलिरहेको थियो ।

सोही कारण हत्या भएको स्थानीयको अनुमान छ । श्रीमतीको हत्यापछि गौतमले काटेको टाउको इगरा–बाजकुल सडकमा लगेको गाउँका केहीले बताए । यसपछि उनले आफैं डोरीले एक ठाउँलाई घेरेर श्रीमतीको काटिएको टाउको बेन्चमा राखेर नजिकै बसे । उनको हातमा रगतले लतपतिएको छुरी थियो । उनको शरीरमा रगत पनि थियो ।

केही स्थानीय ती युवकनजिक जान खोजे तर डरले जान सकेनन् । उनले हातमा रगतले लतपतिएको छुरी लिएर बसे । पातशपुर प्रहरी चौकीलाई खबर पाएलगत्तै प्रहरीले आएर आरोपीलाई पक्राउ गरेको हो । शव पोष्टमार्टमका लागि पठाइएको थियो । गौतमको मानसिक सन्तुलन ठीक नभएको स्थानीयको दाबी छ । यसअघि एक पटक उनी अलिपुर चिडियाखानामा बाघको खोरमा समेत प्रवेश गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);