काठमार्डौ फागुन ४ । तेस्रो विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भइरहेको छ ।
बिहीवारदेखि काठमाडौंमा शुरु भएको सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि छलफल शुरु भएको हो ।
श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिने विश्व सामाजिक मञ्चको सम्मेलनको उद्देश्य रहेको छ ।
सम्मेलनमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाइएको छ ।
सम्मेलनमा श्रमजीवि, मजदुर र किसानको पक्षमा वातावरण बन्नुपर्ने पक्षमा नेपालले मत राख्ने अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताउनु भयो ।
उहाँले गरिखाने श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिनको लागि सम्मेलन भइरहेकाले नेपालले पनि त्यही अनुसारको मुद्दाहरु उठाएको बताउनु भयो ।
नेपालमा श्रमजीवी वर्गहरुको संख्या धेरै रहेकाले मुख्य गरेर सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तन, महिला हिंसा र श्रमिका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो ।
उहाँले सम्मेलनमा उठेका मुद्दाले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले युवा,महिला,श्रमिक र जलवायु परिवर्तनका विषयमा कार्यक्रमहरु गरिरहेको बताउनु भयो ।
उहाँले टे«ड युनियन भित्र समान कामको समान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा छलफल चलिरहेको बताउनु भयो ।