अत्याधिक चिसोले मंगोलियामा ५ लाख बढी पशुचौपाया मरे | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अत्याधिक चिसोले मंगोलियामा ५ लाख बढी पशुचौपाया मरे

एजेन्सी,४ फागुन । अत्याधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुधन मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च शतर्कतामा राखेको छ ।

मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइहरू हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपायहरू गर्न निर्देशन दिनुभयो ।

बुधवारसम्म कुल ५ लाख ८ हजार ३९ पशुधनको मृत्यु भएको छ । मंगोलिया संसारको अन्तिम जीवित घुमन्ते देशहरूमध्ये एक हो ।

घुमन्तेहरुमा पनि यसको ठूलो असर परेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);