ललिता निवासको जग्गा प्रकरणमा मुद्दाको फैसला आज | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

ललिता निवासको जग्गा प्रकरणमा मुद्दाको फैसला आज

lalitaniwas jagga prakaran

काठमाडौं,३ फागुन । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दाको आज गर्दै छ । बुधबारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आज फैसला सुनाइने भएको हो ।

विशेष अदालतमा निरन्तर २२ दिने चलेको बहसपछि अब मुद्दाको फैसला हुन लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते दायर गरेको यो मुद्दाको आज फैसला आउन लागेको हो ।

यही जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ । २९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो ।

त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँ भन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा उल्ल्ेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);