ओमनमा अलपत्र २० नेपालीः ‘खाना नदिई भुइँमा सुताएर राखिएको छ’ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

ओमनमा अलपत्र २० नेपालीः ‘खाना नदिई भुइँमा सुताएर राखिएको छ’

oman

काठमाडौं, १२ माघ । एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् ।मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा स्काफफोल्डिङको काम गर्न भनी डिसेम्बर २६ मा गएका उनीहरु अहिले ओमनको राजधानी मस्कटबाट झन्डै तीन सय किलोमिटर टाढा सोहरमा अलपत्र अवस्थामा छन् ।

बिहीबार साँझ कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै फालासी रामेछापका यमबहादुर चौहानले भने, ‘यतिबेलासम्म हामीलाई खाना दिइएको छैन । हिजो रोटी ल्याएर दिएको थियो । अस्ती बासी भात खान दिएको थियो ।’ ओमन पुगेदेखि नै कम्पनीले काम दिलाउन सकेको छैन ।‘पैसा माग्दा तिमीहरुले कामै गरेको छैन । कसरी पैसा दिन सकिन्छ भन्छ,’ उनले भने, ‘आँउदा ओमनी १० रियाल दिएको थियो । त्यसले सीम र ब्लालेन्स हाल्दा सकियो ।’, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार