सीता रानामगरको ह्याट्रिकसँगै कुबेत ८ विकेटले पराजित,सेमिफाइनल प्रतिस्पर्धा मलेशियासँग | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सीता रानामगरको ह्याट्रिकसँगै कुबेत ८ विकेटले पराजित,सेमिफाइनल प्रतिस्पर्धा मलेशियासँग

काठमाडौं,२ फागुन । नेपाल एसीसी महिला प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । बुधबार मलेसियाको बांगीमा भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपालले अब सेमिफाइनलमा घरेलु टोली मलेसियाको सामना गर्नेछ ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले पाएको १२ ओभरमा ५० रनको लक्ष्य ६ दशमलव ५ ओभरमै २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका सीता रानामगरले १७ र कप्तान इन्दु वर्माले २२ रन जोडे । त्यसअघि पहिले व्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन जोड्यो । कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि सिता राना मगरले ह्याट्रिक गरिन् । उनले १३औ ओभरमा ह्याट्रिक लिएकी हुन् । सीताले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई २९ रनमा तेस्रो बलमा मर्यम ओमारलाइ र चौथो बलमा कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै ह्याट्रिक पूरा गरेकी हुन ।

रुबिना क्षत्री र कबिता कुँवरले २–२ विकेट लिए । सेमिफाइनलमा नेपाल र मलेसिया तथा यूएई र थाइल्याण्ड खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने छन् । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);