मुस्लिम लिग–नवाज पार्टीलाई सरकार गठनमा समर्थन गर्ने पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष भुट्टोको प्रष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

मुस्लिम लिग–नवाज पार्टीलाई सरकार गठनमा समर्थन गर्ने पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष भुट्टोको प्रष्टोक्ति

काठमाडौं,२ फागुन । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले मुस्लिम लिग–नवाजको प्रधानमन्त्रीे उम्मेदवारलाई सरकार गठन सुनिश्चित गर्नका लागि समर्थन गर्ने स्पष्ट गर्नुभएको छ ।
मुस्लिम लिग–नवाजसँग गठबन्धनको सरकार बनाउने चर्चा चलिरहँदा बिलाबलले सरकार गठनका लागि समर्थन गर्ने स्पष्ट गरेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

तर आफ्नो पार्टी सरकारमा नजाने पनि उहाँले प्रष्ट पनि गर्नुभएको छ आफ्नो पार्टीलाई केन्द्र सरकारमा सामेल हुने कुनै चासो नभएको भन्दै बिलावल भुट्टोले पिपुल्स पार्टीसँग सरकार गठन गर्ने जनादेश नभएकाले आफू प्रधानमन्त्रीको उम्मेदवार नरहेको उल्लेख गर्नुभयो । उहाँले पीपीपीले पीएमएल–एनका लागि महत्त्वपूर्ण अवसरहरूमा मुद्दाहरूको आधारमा मतदिने बताउनु भयो ।

भुट्टोले आफ्नो पार्टीले अन्य राजनीतिक दलसँग वार्ता गर्ने समिति गठन गरिरहेको जानकारी गराउनु भयो । पाकिस्तानलाई संकटपूर्ण अवस्थाबाट बाहिर ल्याउन र स्थायित्व कायम गर्न र पाकिस्तानमा फेरि चुनाव नहोस् भन्ने कुरा सुनिश्चित गर्नमात्र ध्यान केन्द्रीत गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);