नेपालगन्ज, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको सरकारले आर्थिक विकासलाई गति दिने बताएका छन् ।
नेपालगन्जमा सुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गरिने बताए ।
अध्यक्ष दाहालले नेपालगन्जलाई औद्योगिक शहरका रुपमा विकास गर्दै आर्थिक जोन बनाउने आश्वासन दिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपालगन्जको विकासका लागि आर्थिक र पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताइन् । महोत्सव माघ २२ गतेसम्मसंचालन हुनेछ ।




