काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका नेता प्रमोदहरी गुराँगाईले आफ्नो पार्टीको नीति महाधिवेशन निर्वाचन प्रणाली परिवर्तनमा केन्द्रीत हुनुपर्ने बताएका छन् ।
माउन्टेन टेलिभिजनबाट सोमबार प्रसारित कार्यक्रम ‘माउन्टेन संवाद’ मा पत्रकारसँग कुराकुनी गर्दैैै उनले यस्तो बताएका हुन् ।
कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म नीति महाधिवेशन हुँदैछ ।
‘नीति महाधिवेशनमा नेताहरु आन्तरिक विवाद भन्दा पनि वर्तमान राष्ट्रिय मुद्दामा केन्द्रीत भएर अघि बढ्नुपर्छ ।’ उनले भने, ‘वर्तमान निर्वाचन पद्दती परिवर्तन, आर्थिक पक्ष लगायत ज्वलन्त मुद्दाहरु समाधानका लागि नीति अबको आवश्यकता हो ।’