काठमाडौं,२९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि कालोमोसो दलिएको छ ।
क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटलामा सम्लग्नता भएको भन्दै उनलाई कालोमोसो दलेका हुन् ।
विद्यार्थी संगठनको टोलीले मिनभवनमा पुगेर कालोमोसो दलेको बुझिएको छ ।
प्रहरीका अनुसार उनको कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट समुहले महानिर्देशकमाथि दुव्यवहार गरेको हो ।