नेपालमा लागुऔषध ओसारपसारमा संलग्न १४ भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

काठमाडौं,२९ माघ । नेपालमा लागुऔषध ओसारपसारका तीन छुट्टाछुट्टै घटनामा कम्तीमा १४ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट एक सय ४९ केजी लागुऔषध बरामद भएको छ ।

उनीहरु सबैलाई धरानबाट पक्राउ गरिएको हो । चार भारतीयलाई पक्राउ गरी ५० केजी चरेस बरामद गरिएको छ भने अर्को घटनामा पाँच भारतीय नागरिकलाई पक्राउ गरी ९९ केजी लागुऔषध बरामद गरिएको छ ।

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा २३ वर्षीय भारतीय नागरिकलाई उनका चार सहयोगीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई धरान शहरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);