रवि जस्ता ठगहरुले जनतालाई लखेट्नुपर्छ : नेता केसी | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

रवि जस्ता ठगहरुले जनतालाई लखेट्नुपर्छ : नेता केसी

काठमाडौं,२८ माघ । नेकपा (एमाले)का नेता कृष्णबहादुर केसीले नामले लोकतन्त्र भएपनि जनतामाझ लुटतन्त्र साबित भएको बताएका छन् ।

आइतबार माउन्टेन टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘माउन्टेन संवाद’मा पत्रकारसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘अहिले देशको हरेक तप्का तप्कामा भ्रष्टाचार, कुशासन व्याप्त रहेको छ ।’

केसीले भ्रष्टाचार र वेतिथी राज्य संचालकहरु र मान्यगन्य नेताहरुबाट नै भएको दाबी गरे । ‘पछिल्ला सुन,एससेल,गिरीबन्धु टि–स्टेट,टिकापुर जग्गा,बासबाँरी जग्गा, भुटानी लगायतका विभिन्न प्रकरणले देशका व्यापारी, उद्योगपति, नेता, मन्त्री र कर्मचारी को हुन् भन्ने प्रष्ट पारिदिएको छ, अनि जनताले उहाँहरुबाट के आशा गर्ने ? त्यसकारण देश माफिया ठगहरुले चलाएको प्रष्ट देखिन्छ । यस्तो स्थितिले देशको भविष्य अन्धकार देखिन्छ ।’–उनले भने । ‘हामी जनता पनि दोषी छौं,जनताले पनि थाहा पाउँदापाउँदै भ्रष्ट माफिया नेताहरुलाई पटक–पटक जिताउनुु ठुलो गल्ती हो । त्यसकारण जनता आफुपहिला सच्चिएर गलत नेताहरुलाई ठेगान लगाउनुपर्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);